२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

साईकल सिटीको ३३ हजार ३ सय ३३ रुपैया सहयोग



बुटवल । साईकल सिटि बुटवलले नबिन औद्योगिक माविलाई आर्थिक सहयोग गरेको छ ।

विद्यालयमा साईकल सेड निमार्णको लागि शनिबार प्रथम साधारण सभा तथा अधिवसनमा सिटिका अध्यक्ष धिरन तुलाधरले विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतलाई नगद ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरेको हो ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलाडी उत्पादनका लागि विद्यालयस्तरमै लाग्न जरुरी रहेपनि यसतर्फ आझै पनि सचेतना जगाउनजरुरी रहेको बताए । नगरमा रहेका खेलकुद सम्वद्ध संस्थाहरलाई खेलकुद गतिविधि र विकास गर्न थोरै भएपनि आर्थिक सहयोग गर्ने प्रयास शुरुवात गरेको उनले बताए ।

संरचना भएमात्र खेल विकास हुने भएकाले अहिले तारजाली, खेलमैदान फिलिङ गर्ने जस्ता कामलाई जोड दिएर अघि बढेको उनले बताए । स्पोर्ट्स टुरिजम अबको लक्ष्य रहेको समेत उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला साईकल संघका अध्यक्ष पुकार थापाले साईक्लिङ खेलकुदको एक भागभएको भन्दै अन्तराष्ट्रिय क्षेत्रमा यसको महत्व भएपनि नेपालमा भने भर्खर क्रेज बढिरहेको बताए । साइकलमैत्री पुर्वाधार बनाउन संस्थागत रुपमा आफुहरुले रुपन्देही ५ वटा स्थानिय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको उनले बताए ।

साईकल सिटि भैरहवाका सुर्य सारु मगरले नगर क्षेत्रमा साईकल लेनको अवधारणा बारे मुद्दा उठाउन जरुरी रहेको बताए । रुपन्देहीलाई साईकलको शहर बनाउने योजना रहेको बताए । कार्यक्रममा नवीन औधोगिक माविका प्राचार्य प्रेम बस्नेतले प्रदेश कै नमुना विद्यालय बनाउन पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताए ।

कोषाध्यक्ष बिमल बस्नेतले आर्थिक तथा सचिव बिनोद बहादुर कार्कीले प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा साईकल मर्मत क्षेत्रमा लागेका दुई जना प्राविधिकहरु अमित गुप्ता र पुरन रानालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३९ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु