४ पुस २०८२, शुक्रबार | December 20, 2025

अनलाईन चित्रकला प्रतियोगिता सम्पन्न



बुटवल, २४ असोज । ईन्टरडिफेन्डेन्स कमिटि नेपाल बुटवलले अन्तर्राष्ट्रिय स्तरिय चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

लकडाउनका बीचमा अनलाईनबाट भएको प्रतियोगितामा विजयी भएका ८ जनालाई ईन्टरडिफेन्डेन्स कमिटिले शनिबार पुरस्कार वितरण गरेको हो ।

नेपाल सहित २० राष्ट्रका विद्यार्थीहरु सहभागि उक्त प्रतियोगितामा अष्टेलिया र अमेरिका ३ सदस्यले निर्णायक गरेका थिए । निर्णायकको अंकका आधारमा नेपालका ८ जना विजयी भएपछि अमेरिका बाट पठाएको पुरस्कार विद्यार्थीहरुलाई वितरण गरिएको कमिटिका अध्यक्ष टुक बहादुर क्षेत्रीले जानकारी दिए ।

विद्यार्थीहरुको कला आर्टको क्षमता प्रदर्शन गर्न कमिटिले हरेक बर्ष नेपालबाट विदेशमा अनलाईन मार्फत आर्ट प्रतियोगितामा विद्यार्थीलाई सहभागि गराउँदै आएको छ ।

पुरस्कार वितरण कार्यक्रममा यस क्षेत्रका कलाकार यम बहादुर थापाले विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले आर्ट कलाकारिता अझै सम्मानित पेशा बन्न नसेको बताए ।

उनले कलाले मान्छेलाई जिवित बनाउने भन्दै कला सम्बन्धी अब विद्यालयमा अध्ययन गराउन जरुरी रहेको बताए । नरेन्द्र शर्माको स्वागत तथा कार्यक्रम संस्थाका सदस्य रजनिश चन्द्र गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको