७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल सडकमा निमार्ण गरेको डिभाइडरको उद्घाटन



बुटवल । इनरव्हील क्लब अफ बुटवलले सुनौली-पाल्पा सडक अन्र्तगत बुटवल उपमहानगरपालिकाभित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमकाबीच शनिवार उद्घघाटन गरेको छ ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आर्चायले विरुवामा पानी सेचन गरि नवनिर्मित डिभाइडरको उद्घघाटन गरेकी हुन ।

सो अवसरमा बोल्दै उपप्रमुख आर्चायले बुटवल नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरीन । उनले बुटवलको विकासको लागि सबैको हातेमालोको आवश्यक्ता रहेको उल्लेख गर्दै नगरसभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरीन ।

सो अवसरमा बोल्दै लुम्विनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्मर विकले डिभाइडरको निमार्णले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउदै त्यसमा संरक्षणमा आफु र आफ्नो कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गरीन ।

इनरव्हील क्लबकी सन २०१९–२० कि डिष्ट्रीक चेयर समिरा ध्वजुले महिलाहरुलाई जिम्मेवार बनाउदै समाजसंग जोडेर हिडाल्न क्लबले खेलेको भूमिकाको प्रसंसा गर्दै महिला दिदीवहिनीहरुको काममा समाजले हातेमालो गर्न आग्रह गरीन ।

क्लबकी अध्यक्ष शोभा जोशीले क्लबले कोरोना कहरकावीचमा पनि आफ्ना गतिविधि अगाडी बढाएको बताउदै क्लबको काममा समाजले पनि अपन्तत्व ग्रहण गर्नु पर्ने धारणा राखिन ।

क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षता, सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुन्धरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोलेका थिए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११