१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल सडकमा निमार्ण गरेको डिभाइडरको उद्घाटन



बुटवल । इनरव्हील क्लब अफ बुटवलले सुनौली-पाल्पा सडक अन्र्तगत बुटवल उपमहानगरपालिकाभित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमकाबीच शनिवार उद्घघाटन गरेको छ ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आर्चायले विरुवामा पानी सेचन गरि नवनिर्मित डिभाइडरको उद्घघाटन गरेकी हुन ।

सो अवसरमा बोल्दै उपप्रमुख आर्चायले बुटवल नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरीन । उनले बुटवलको विकासको लागि सबैको हातेमालोको आवश्यक्ता रहेको उल्लेख गर्दै नगरसभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरीन ।

सो अवसरमा बोल्दै लुम्विनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्मर विकले डिभाइडरको निमार्णले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउदै त्यसमा संरक्षणमा आफु र आफ्नो कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गरीन ।

इनरव्हील क्लबकी सन २०१९–२० कि डिष्ट्रीक चेयर समिरा ध्वजुले महिलाहरुलाई जिम्मेवार बनाउदै समाजसंग जोडेर हिडाल्न क्लबले खेलेको भूमिकाको प्रसंसा गर्दै महिला दिदीवहिनीहरुको काममा समाजले हातेमालो गर्न आग्रह गरीन ।

क्लबकी अध्यक्ष शोभा जोशीले क्लबले कोरोना कहरकावीचमा पनि आफ्ना गतिविधि अगाडी बढाएको बताउदै क्लबको काममा समाजले पनि अपन्तत्व ग्रहण गर्नु पर्ने धारणा राखिन ।

क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षता, सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुन्धरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोलेका थिए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान