१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता



काठमाडौं । सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

डा. केसीको जीवनरक्षा र माग पुरा गराउन दबाबस्वरुप चिकित्सक संघ विगत केही दिनदेखि आन्दोलनमा रहेको थियो । संघले यसअघि आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

सरकार र डा. केसीबीच गए राति ८ बुँदे सहमति भएको छ । सहमतिपछि केसीले अनसन तोड्दैछन् ।

संघका आजीवन सदस्य डा. केसीबीच सहमति भैसकेकेपछि आन्दोलन फिर्ता लिइएको महासचिव बद्रि रिजालले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा। गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ०७ बजे

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको

एसियन छनोट खेलको लागि टिमको घोषणा, कप्तानको जिम्मा दीपेन्द्रसिंह ऐरीलाई

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका