१७ बैशाख २०८२, बुधबार | April 30, 2025

डा. केसीको १९औं अनसन २८औं दिनमा समाप्त, जुस पिएर तोडे अनसन



काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले २८ दिनपछि आमरण अनसन तोडेका छन् ।

सरकारसँग गएराति ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार बिहान आफ्नो १९ औं आमरण अनसन अन्त्य गरेका हुन् ।

डा. केसीले अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनसन तोडेका छन् ।

केसीले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिए ।

त्यसअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधार एवं समसामयिक जनचासोका मागसहित अनसनमा रहेका केसीका माग पुरा गर्न शनिबार मध्यरातमा सरकार सहमत भएको थियो ।

केसीले गत भदौ २९ गते कर्णाली प्रदेशको जुम्लाबाट अनसन सुरु गरेका थिए । उनी आठौं दिनको दिनमा नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका थिए ।

डा. केसीको जीवन रक्षाको माग राख्दै वार्ताबाट समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ, रेसिडेन्ट डाक्टर एशोसिएसन लगायत पेशागत संगठनहरुसहित विभिन्न राजनीतिक दलले दबाब दिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : २५ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने