३ चैत्र २०८२, मंगलबार | March 17, 2026

डा. केसीको १९औं अनसन २८औं दिनमा समाप्त, जुस पिएर तोडे अनसन



काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले २८ दिनपछि आमरण अनसन तोडेका छन् ।

सरकारसँग गएराति ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार बिहान आफ्नो १९ औं आमरण अनसन अन्त्य गरेका हुन् ।

डा. केसीले अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनसन तोडेका छन् ।

केसीले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिए ।

त्यसअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधार एवं समसामयिक जनचासोका मागसहित अनसनमा रहेका केसीका माग पुरा गर्न शनिबार मध्यरातमा सरकार सहमत भएको थियो ।

केसीले गत भदौ २९ गते कर्णाली प्रदेशको जुम्लाबाट अनसन सुरु गरेका थिए । उनी आठौं दिनको दिनमा नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका थिए ।

डा. केसीको जीवन रक्षाको माग राख्दै वार्ताबाट समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ, रेसिडेन्ट डाक्टर एशोसिएसन लगायत पेशागत संगठनहरुसहित विभिन्न राजनीतिक दलले दबाब दिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : २५ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर