५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णालीका मुख्यमन्त्री विरूद्ध नेकपाकै सांसदद्वारा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता



सुर्खेत । यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सत्तासंघर्षमा काठमाडौंमा अल्पबिराम लागेको छ । तर, कर्णाली प्रदेशमा भने पार्टीभित्रको गुटसंघर्षको प्रत्यक्ष असर सरकार संचालनमा परेको छ ।

प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले आज अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सुरूदेखि नै शाहीका मुख्य प्रतिस्पर्धी रहेका सांसद यामलाल कँडेलको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

संसदीय दलका मुख्य सचेतक गुलावजंग शाहलाई हस्ताक्षर बुझाइएको छ । शाहले हस्ताक्षर पत्र बुझेको भन्दै छलफलपछि मात्र के गर्ने भन्ने निर्णय लिइने बताए ।

३३ सांसद रहेको संसदीय दलमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसदले हस्ताक्षर गरेका छन् ।

पार्टी एकिकरण अघि मुख्यमन्त्री शाही पूर्व माओवादी र कँडेल पूर्व एमालेका नेता थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ३४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता