१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रोजगारी गुमाएकालाई कृषिमा आबद्ध गराइने



अर्घाखाँची । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ ।

मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिइन ।

मन्त्री पौडेलले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताइन ।

सन्धिखर्कमा संचारकर्मीसँग कुराकानी गर्दै पौडेलले प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको जानकारी दिइन ।

मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवालाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा