१८ माघ २०८२, आइतबार | February 1, 2026

जाम्बियाको लुसाकामा एनआरएनएको चौंथो अफ्रिका क्षेत्रीय बैठक हुने



एनआरएनएको चौंथो अफ्रिका क्षेत्रीय बैठक जाम्बियाको लुसाकामा हुनेभएको छ ।

अफ्रिकास्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको आइतबार सम्पन्न जूम बैठकले चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक सन् २०२१ अप्रिल २ र ३ तारिखमा गर्ने निर्णय गरेको हो ।

बैठक आगामी डिसेम्बर २०२० मा गर्ने समय तोकिएको थियो । तर कोरोना संकटको कारण डिसेम्बर २०२० को सट्टा आगामी अप्रिल २ र ३ मा जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरिएको छ।

सो बैठकमा अफ्रिकामा नेपालीका समस्या, अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी, अफ्रिकाको स्वास्थ्य समस्या, नेपाली साहित्य र संस्कृति, अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषयमाथि विभिन्न सेसनमा छलफल हुनेछ ।

त्यसैगरी अफ्रिका स्वास्थ्य संयोजक डा. सरिता पान्डेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपालीहरुको स्वास्थ्य स्थितिमाथि निकट भविष्यमै एक कार्यक्रमको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

साथै, अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करी बाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकार सङ्ग समन्वय गरी प्राथमिकताका साथ आवश्यक कार्य गर्ने समेत निर्णय भएको छ ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना, युगान्डा, तान्जानिया, केन्या, सेसेल्स, कङ्गो, जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुको उपस्थिति थियो ।

यसैगरी एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापा, अफ्रिका हेल्थ संयोजक डा. सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारीहरुको समेत बैठकमा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ०१ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक