२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सीमा तनाबबारे छलफल गर्न भारत-चीन सातौं चरणको कमाण्डरस्तरीय वार्ता आज



गत मे महिनादेखि गम्भीर सीमा विवादमा अल्झिएका दुई शक्तिशाली छिमेकी भारत र चीनबीच आज सातौं चरणको वार्ता हुँदैछ ।

दुवै पक्षबीच तनाब कम गर्न सैन्य कमाण्डरस्तरीय सातौं वार्ता हुन लागेको हो । यो वार्तामा चीनबाट वरिष्ठ कुटनीतिज्ञ समेत सहभागी हुने भारतीय सञ्चारमाध्यम टाइमम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

पत्रिकाका अनुसार बैठकमा चिनियाँ विदेशमन्त्रालयका अधिकारी एवं जनमुक्ति सेनामा राजनीतिक कमिसार समेत सहभागी हुनसक्ने जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेनामा सैन्य कमाण्डरको साथसाथ राजनीतिक कमिसार पनि हुनेगर्छन् ।

यसअघि गत २१ सेप्टेम्बरमा भएको छैठौं चरणको वार्तामा भारतको तर्फबाट एक जना वरिष्ठ कुटनीतिज्ञ पूर्वी एशियाका लागि संयुक्त सचिव नवीन श्रीवास्तवले सहभागिता जनाएका थिए ।

१० सेप्टेम्बरमा दुवै मुलुकका विदेशमन्त्रीबीच मस्कोमा वार्ता भएको थियो । सो वार्तामा सीमा क्षेत्रमा भएको तनाब घटाउन पाँच बुँदे सहमति समेत भएको थियो । यद्यपी, सहमति कार्यान्वयन भने हुनसकेको छैन ।

भारतको पूर्वी लद्दाख (चीनको अक्साई चीन) क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमा मे महिनादेखि सुरु भएको तनाब गत जुन १५ मा हिंसात्मक झडपमा परिणत भएको थियो ।

सो झडपमा २० जना भारतीय सेनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । त्यसपछि दुवै देशबीच ४५ वर्ष यताकै सबैभन्दा ठूलो तनाब उत्पन्न भएको छ । दुवै देशले अत्याधुनिक हतियारले लैस पचासौं हजार सैनिक सीमा क्षेत्रमा तैनाथ गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ३९ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार