३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति



काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।

इन्जाले कोरोनाको बहनामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

विभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरुको संस्था इन्जाले नेपालमा कार्यरत पत्रकारहरुको श्रीवृद्धिका लागि विभिन्न काम गर्दै आएको छ ।

इन्जाको वेभसाइट, सामाजिक संजाल र अन्य माध्यममार्फत लेखन बृद्धिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वान अनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्ताबमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।

इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनवृत्ति प्राप्त गर्नुहुने पत्रकारहरुले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ४८ बजे

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन