१ कार्तिक २०८३, शनिबार | October 17, 2026

पत्रकार महासंघ निर्वाचनका लागि निर्वाचन समिति गठन गर्न अध्यक्ष पोखरेलको आग्रह



नेपालगन्ज । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आगामी असार २२ गते महासंघको निर्वाचन गराउनका लागि सबै शाखाहरुलाई निर्वाचन समिति गठन गर्न अनुरोध गरेका छन् । निर्वाचन समिति गठन सम्बन्धमा आज एक परिपत्र जारी गर्दै अध्यक्ष पोखरेलले कतिपय जिल्लाहरुमा निर्वाचन समिति गठन भएको जानकारी प्राप्त नभएको जनाएका छन् ।

उनले परिपत्रमा नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१ सम्पन्न २७ औं महाधिवेशनको म्यान्डेटअनुसार २०८१ जेठ २६ गते महासंघको तीनै तहको निर्वाचनको मिति घोषणा भएको सो मितिमा निर्वाचन हुन नसकेपछि असार २२ गते शनिवार हुनेगरी निर्वाचन तालिका सार्वजनिक भैसकेको उल्लेख गरेका छन् ।

शाखाका अध्यक्षहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘शाखाको निर्वाचन प्रयोजनका लागि कतिपय शाखाहरुले निर्वाचन समिति गठन गरी केन्द्रीय निर्वाचन समितिलाई जानकारी नगराइएको पाइकोले यथाशीघ्र जानकारी गराउनुहुन अनुरोध छ।’

निर्वाचन समिति गठन गरी जानकारी नगराइएको खण्डमा केन्द्रीय निर्वाचन समितिले वैकल्पिक व्यवस्था गर्नसक्ने निर्वाचन कार्यविधिमा उल्लेख भएको पनि अध्यक्ष पोखरेलले पत्रमा स्मरण गराएका छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : २१ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ