३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिँदै



काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । यसको अर्थ सन् २०२२ को डिसेम्बरमा पनि दुई ग्रह नजिक आउने छन ।

मंगलग्रहको अपोजिशन मंगलबार हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।

अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल भएको थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक आएको घटना थियो मंगलग्रह पृथ्वीको । अब २२८७ वर्षसम्म यति नजिक आउने छैन । यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।

मंगलबार बेलुका हुने अपोजिशनको अवलोकन गर्दा मंगलग्रह ठूलो र चम्किलो देखिने छ। यो घटनामा पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

यो नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली समय अनुसार बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १८० डिग्रीको कोणमा आउने छन् ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ। उदाहरणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ४१ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र