३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा पेट्रोल पम्पको अनुगमन : व्यवस्थित शौचालय बनाउन पम्पहरुलाई निर्देशन



रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, आयल निगम, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले आज गरेको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठिक रहेको पाइएको हो ।
टोलीले आज बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजल सेन्टर, बुटवल १३ जितगढी स्थित गैरे पेट्रोल पम्प र एम. एस. पेट्रोल पम्पको अनुगमन गरेको हो ।
चाड पवै नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र गुणस्तरहिन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायले बजार अनुगनलाई निरन्तरता दिएको प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिनुभयो । आज बुटवलका तीन वटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्दशन दिइएको छ ।
अधिकृत भट्टराईकाअनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुमा शौचालयको व्यवस्था भएपनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
अनुगमन गरिएका सबै पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताउनुभयो । डिजल र पेट्रोलको गुणस्तर ठिक भए पनि पेट्रोल पम्पहरु भने अझै व्यवस्थित गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति ५ लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरीने प्रमुख पोखरेलले बताउनुभयो ।
पेट्राल पम्पहरुको गुणस्तर सही भएपनि अधिकांशमा सुरक्षा उपकरणहरु भने पुरा नभएको पाइएको आयल निगमका बरिष्ठ सहायक सुवास काफ्लेले बताउनुभयो ।
अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संबेदनशिल मानिने पेट्रोल पम्पहरुमा विपद् वा आगलागीका घटनाहरुबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
चाडपर्वमा हुनसक्ने कालोबजारी, महङ्गी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताउनुभयो । अनुगमन टोलीले कोभिड –१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलहरुको अनुगमन गरेको थियो ।रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : १५ बजे

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,