१९ आश्विन २०८३, सोमबार | October 5, 2026

रुपन्देही साईक्लिङ संघको साधारण सभा : अबको दशक साहसिक खेलकुदको दशक



बुटवल । रुपन्देही जिल्ला साईक्लिङ संघको सोमबार प्रथम साधारण सभा सम्पन्न भएको छ । कायक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउण्टेन स्पोर्टस फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराईले उद्घाटन गर्दै अबको दशक साहसिक, सास्कृतिक र पर्यटकिय खेलको दशक भएको दाबी गरेका छन ।

उनले नया खेलकुद ऐन २०७७ र प्रादेशिक ऐनले खेलकुदको विकास हुनेमा आशाबादी रहेको बताए । एउटा खेलको एउटा एशोसियसनका रुपमा एशोसियन लेभल, फेडेरेसन लेभल तथा कन्फिडेरेसन लेभलका गरि ३ किसिमको हुने उनले बताए । कानुनले नेपाल साईक्लिङ संघ एउटा देशमा एउटामात्र संघ हुने त्यहि मातहतमा रहेर गतिविधि गर्ने गरि राष्ट्रिय, आजको कानुनले बनाएको प्रदेश र स्थानिय क्लबहरु हुने ब्यवस्था गरेको समेत उनले बताए । माउण्टेन स्पोर्ट्स फेष्टिबल प्रदेश स्तरमा आयोजना गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा प्रदेशकै जुनियर राईडर आठ वर्षिय मनिक श्रेष्ठ तथा पत्रकारीता क्षेत्रबाट कलम चलाएका खेलकुद पत्रकार स्वस्तिक श्रेष्ठलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पुकार थापाले साईकलमार्फत आफुहरु एकतावद्ध गराउदै जनचेतनाका कार्यक्रमहरु चलाएको बताए । राइड विथ प्राइड, टुर ड लुम्बिनी, बुटवल कोरा, राईट टु लुम्बिनी कोरोना सचेतना तथा पर्यटन प्रवद्र्घन, रक्तदान कार्यक्रमका साथै जिल्ला अन्तरगत पाच वटा स्थानिय सरकारलाई साईकलमैत्री सडक बनाउन ध्यानाकर्षण पत्र समेत बुझाएको उनले बताए । साईकल चालकहरुलाई एकतावद्ध गराई नया क्लबहरु गठन र साईकल क्रेज बढाउने अभियान समेत अघि बढाएको उनले बताए ।

कार्यक्रममा मोटर स्पोर्ट्स एसोसियन नासाका सदस्य मधुसुधन सिग्देल, संघका सल्लाहकार दिपक श्रेष्ठ, जाकिर हुसैन, सचिव असोक राई, वरिष्ठ उपाध्यक्ष धिरन तुलाधर, उपाध्यक्ष अभिषेक भारीले खेल विकासका लागि सबैको साथ र एकता जरुरी रहेको बताए । बुटवल युनाईटेड र तिनाउ साईक्लिङ क्लबको गठन

रुपन्देही जिल्ला साईक्लिङ संघ अन्तरगत छोटो समयमा ३ वटा साईक्लिङ क्लबहरु गठन भएका छन । ह्यापी साईक्लिङ क्लबसहित सोमबार बुटवल युनाईटेड साईक्लिङ क्लब र तिनाउ साईक्लिङ क्लब गठन भएको छ । उत्तम श्रेष्ठको अध्यक्षतामा बुटवल युनाईटेडमा उपाध्यक्ष राजिव बिक्रम मल्ल, सचिव राजु तिवारी, सहसचिव लक्षुमन गुरुङ, कोषाध्यक्षतामा डम्बर तिवारी, सदस्यहरुमा दीपक कार्की, रबिलाल सुवेदी, केशव गुरुङ, स्वस्तिक श्रेष्ठ तथा अर्जुन गुरुङ अध्यक्ष रहेको तिनाउ साइक्लिङ क्लबमा उपाध्यक्ष सुजन श्रेष्ठ, सचिव सुजन मानन्धर, कोषाध्यक्ष अमित सिन, सल्लाहकार हसन्त कुमार लामा, किरण श्रेष्ठ, अमृत गुरुङ तथा सदस्यहरुमा रोहण खाण, सुगम मान श्रेष्ठ, गणेश गुरुङ, तेजोन गुरुङ लगायत रहेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ३३ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित