१० असार २०८३, बुधबार | June 24, 2026

५ जी नेटवर्कसहित आइफोन १२ सिरिज सार्वजनिक



अमेरिकी कम्पनी एप्पलले लोकप्रिय आईफोनको १२औं सिरिज सार्वजनिक गरेको छ ।

चारवटा मोडलमा सार्वजनिक गरिएका आईफोन–१२ सिरिज फाईभ जी नेटवर्कयुक्त रहेको कम्पनीले जनाएको छ ।

एप्पलले डिजिटल कार्यक्रम गर्दै यी मोडलहरु सार्वजनिक गरेको हो । नयाँ आईफोन सार्वजनिक गर्दै एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं। यी आईफोन नयाँ युगको सुरूवात हो ।’

एप्पलले आफ्नो नयाँ फोनलाई फाईभजीको ३.५ गिगाबाइट प्रतिसेकेण्डको गतिमा परीक्षण गरेको जनाएको छ। यसको अर्थ करिब २० गिगाबाइटको सिनेमा मात्र ४५ सेकेन्डमा डाउनलोड हुनेछ।

एप्पलले आईफोन–१२ (६४, १२८ र २५६ जिबी स्टोरेज), आईफोन–१२ मिनी (६४, १२८ र २५६ जिबी स्टोरेज), आईफोन–१२ प्रो (१२८, २५६ र ५१२ जिबी स्टोरेज), आईफोन–१२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जिबी स्टोरेज) लन्च गरेको छ।

सार्वजनिक गरिएका आईफोनको मूल्य १ लाख १२ हजार रुपैयाँदेखि २ लाख ८ हजार रुपैयाँसम्म पर्नेछ । स्टोरेज र सुविधा अनुसार यी मोडलहरूको मूल्य फरक पर्ने एप्पलले जनाएको छ ।

विश्व बजारमा आईफोन–१२ मिनिको प्रि–अडर ६ नोभेम्बरबाट सुरु हुने जनाइएको छ । यस्तै, १३ नोभेम्बरदेखि ग्राहकले प्राप्त गर्नेछन् । यस्तै आईफोन–१२ आईफोन–१२ प्रोको प्रि–अडर १६ अक्टुबरबाट सुरू हुने र २३ अक्टुबरबाट ग्राहकले पाउनेछन्। आईफोन–१२ प्रो म्याक्सको प्रि–अडर १३ अक्टुबर बाट प्रिअडर हुनेछ भने २० नोभेम्बरबाट बिक्री सुरू हुनेछ।

‘फाईभजी प्रविधिले डाउनलोड र अपलोडमा नयाँ स्तरमा आफ्नो प्रदर्शन दिनेछ, भिडिओ स्ट्रिमिङ् उच्च गुणस्तरको हुनेछ, गेम धेरै मज्जायुक्त हुनेछ र साथमा अरू धेरै सुविधा हुनेछ’, एप्पलका प्रमुख टिम कुकले भने।

आईफोन–१२ प्रोको स्क्रिन पहिलेको आईफोनको तुलनामा ठूलो हुनेछ। तर पहिलोपटक यी फोनमा चार्जर र एयरफोन उपलब्ध हुनेछैन । पर्यावरणमाथि यसको प्रभाव कम पार्नलाई यस्तो गरिएको कम्पनीले जनाएको छ।

एप्पलले नयाँ आईफोनबाट फ्ल्यासको प्रयोगबिना नाइट(मोडमा सेल्फी लिन सकिने जनाएको छ। यसबाहेक कलर–कन्ट्रास्ट र आवाज पनि पहिले भन्दा राम्रो भएको जनाएको छ ।

आईफोन–१२ मा १२ मेगापिक्सेलका दुई वटा वाइड एङ्गल क्यामरा राखिएको छ। कम्पनीले यसबाट कम प्रकाशमा पनि राम्रो तस्विर लिन सकिने दाबी गरेको छ। यस्तै आईफोन–१२ मा नाइट मोडमा टाइमल्याप्स विशेषता सहितको भिडिओ रेकर्डिङ सुविधा दिइएको छ। यसले पनि कम प्रकाशमा राम्रो भिडिओ रेकर्डिङ गर्नेछ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ३५ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं