१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

सरकारको चेतावनी : कात्तिक ७ गतेभित्र विदेशी च्यानललाई अनिवार्य क्लिन फिड नबनाए कारवाही



काठमाडौं । सरकारले कात्तिक ७ गतेभित्र अनिवार्य रुपमा विदेशी च्यानललाई क्लिन फिड बनाउन सबै सेवा प्रदायकहरुलाई अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्थालाई पालना गर्न अनुरोध गरेको हो ।

सो मितिभित्र पनि क्लिनफिड प्रसारण नभएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । ‘‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानलहरु कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

विभिन्न निकायबाट मन्त्रालयमा क्लिनफिड प्रसारणको म्या थप गर्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भवना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित प्रसारण गर्न गराउन सम्बन्धित सबै संघसंस्थाहरुलाई अनुरोध गरिएको छ ।’

 

 

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ५१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग