२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना भाइरसका २६३८ नयाँ संक्रमित थपिए, २१७४ जना संक्रमण मुक्त



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित झण्डै १ लाख २० हजार पुग्न थालेका छन् ।

बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ९४७ पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । मंगलबार यो संख्या ३५ हजार ९१५ थियो ।

सक्रिय संक्रमितहरु मध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५४८ जना बसेको प्रवक्ता गौतमले जनाए ।

सक्रिय संक्रमितको तुलनामा संक्रमणबाट निको हुनेको दर केही घटेको छ । बुधरबार २ हजार १७४ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : २६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात