३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना भाइरसका २६३८ नयाँ संक्रमित थपिए, २१७४ जना संक्रमण मुक्त



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित झण्डै १ लाख २० हजार पुग्न थालेका छन् ।

बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ९४७ पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । मंगलबार यो संख्या ३५ हजार ९१५ थियो ।

सक्रिय संक्रमितहरु मध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५४८ जना बसेको प्रवक्ता गौतमले जनाए ।

सक्रिय संक्रमितको तुलनामा संक्रमणबाट निको हुनेको दर केही घटेको छ । बुधरबार २ हजार १७४ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : २६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका