३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु, ६४ जना आइसोलेसन अवधी पुरा गरि घर फर्के



नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संत्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत जानकी गाँउपालिका ६ प्रजातीपुरका ६५ वर्षिय पुरुषको बुधबार राती १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गतेबाट उनी भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको उपचारका क्रममा एन्टिवायोटिक, रेडमिसिबिर, प्लाज्मा थेरापीको प्रयोग गर्दापनि बचाउन नसकिएको बाँके जिल्ला कोभिड १९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

बुधबार राती मृत्यु भएसँगै बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

बाँकेमा आजै ६४ जना आइसोलेसन अवधी पुरा गरेर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन सम्म कुनै लक्षण नदेखिएपछि उनीहरुलाई थप ७ दिन क्वारेन्टिनमा बस्ने गरि घर पठाईएको फोकलपर्शन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : २३ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र