१८ माघ २०८२, आइतबार | February 1, 2026

पञ्जिकृत सदस्यता वितरण नगर्न सबै एनसीसीहरूलाई एनआरएनएको निर्देशन



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएको छ।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि सदस्यता वितरण रोक्ने निणर्य गर्दै सबै एनसीसीहरुलाई सो को कार्यान्वयन गर्न निर्देशन दिएको हो।

संघको विशेष अधिवेशन अनलाइन प्रणालीमार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालय सकारात्मक रहेको पत्र प्राप्त भएको र स्मार्ट एनआरएनए प्रोजेक्ट अन्तर्गतको नयाँ एमआईएस सिष्टम अहिले परीक्षणको चरणमा रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफ्ना मुलुकमा पन्जिकृत सदस्यता वितरण नगर्न महासचिव डा. हेम राज शर्माले परिपत्र गरेका हुन्।

संघले विशेष महाधिवेशनपछि संघको विधानमा व्यापक परिवर्तनको तयारीका लागि सदस्यता वितरणमा रोक लगाएको बताइएको छ। संघले निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनका विषयमा थप छलफलका लागि विषेश महाधिवेशन बोलाउने तयारी गरेको छ।

निःशुल्क सदस्यता वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन प्रकृया, विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि चयनलगायतका क्षेत्रमा हुने पुनर्संरचना विषयमा छलफल चलिरहेको छ ।

संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले निःशुल्क सदस्यता वितरण, एमआइएस सिस्टम, संस्थामा आर्थिक सुधारलगायतका विषयमा पारित भएका प्रस्ताव सकारात्मक रहेको बताउँदै यसले संस्थामा आमूल परिर्वतन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : १७ बजे

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा