६ श्रावण २०८३, बुधबार | July 22, 2026

सवारी साधनमा तोकेभन्दा दोब्बर भाडा असुली, स्वास्थ्य मापदण्ड पनि पालना भएन



काठमाडौं । सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ ।

यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले बिहीबार कलङ्कीमा अनुगमन गरी कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार अधिकांश सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । कलङ्की अनुगमनमा पुगेका भट्टले भने, ‘अधिकांशले बढी भाडा लिएका छन् ।

माइक्रोबसले टिकट नै नदिएर पैसा उठाएका छन् । स्वास्थ्य प्रोटोकल कायम छैन । जति पनि यात्रु राखेको पाइयो, तिनीहरूलाई कारबाही हुन्छ ।’

बिहीबार कलङ्कीमा २ः०० देखि ४ः०० बजेसम्म अनुगमन गरिएको थियो । १७ वटा सार्वजनिक यातायातलाई अनुगमन गर्दा सबैले कुनैले पनि मापदण्ड पूरा नगरेको र भाडा मनलाग्दी उठाएको पाइएको हो ।

नेपाल यातायात व्यवसायी राष्टिय महासङ्घले तोकेको भाडाभन्दा बढी लिन नपाइने तर केहीले आफूखुसी गरिरहेको बताएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘बढी भाडा लिन पाइँदैन, कानुन सबैले मान्नुपर्छ ।

कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ तर यातायात व्यवसायमा अन्योल देखिएको छ । मन्त्रिपरिषद्को निर्णयले भाडा घटायो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ३६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न