३० कार्तिक २०८२, आइतबार | November 17, 2025

खसीबोकाको बिक्री कात्तिक ३ गतेदेखि



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ ।

कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सिपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको गौतमले जानकारी दिए ।

कम्पनीले यसअघि दशैंको लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा विक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको बताए ।

पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई विक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले जनाए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्ष भन्दा केही बढी मूल्य कायम हुनसक्ने पनि गौतमले जनाए । मूल्य निधारण भने आइतबार साझँ मात्रै तय हुने पनि उनको भनाई छ ।

कम्पनीले गत बर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै विक्री वितराण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो ।

कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।

दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : ५६ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित