२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता



हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध आफ्नै दलका प्रदेशसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

हेटौंडास्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार १८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित थपलियालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै प्रस्ताव दर्ता गरिएको हो।

प्रस्तावमा थपलियाको स्थानमा पूर्वमन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता चयन गर्न माग गरिएको छ। प्रस्ताव पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङ र हरि सापकोटाले दर्ता गराएका हुन्।

बागमती प्रदेशसभामा एमालेका २५ जना सदस्य छन्। तीमध्ये १८ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि एमाले बागमतीभित्र संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया निर्णायक चरणमा पुगेको देखिएको छ।

प्रदेशसभा सदस्य केशव पोखरेलले नेतृत्व परिवर्तनको प्रक्रिया पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढाइएको दाबी गरेका छन्। उनका अनुसार केही समयअघि भक्तपुरको गुण्डुमा प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन गरिएको थियो।

“हस्ताक्षर त पहिल्यै संकलन गरिएको थियो। केन्द्रको निर्देशनअनुसार दलको नेता फेर्ने प्रक्रिया अघि बढाइएको हो। सोहीअनुसार आज प्रस्ताव दर्ता गरिएको हो,” पोखरेलले भने।

एमाले संसदीय दलको विधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि सात दिनभित्र संसदीय दलको बैठक बोलाएर प्रस्तावमाथि छलफल गर्नुपर्ने व्यवस्था छ।

बागमती प्रदेशमा पछिल्ला केही सातादेखि नयाँ सरकार गठन, सत्ता समीकरण तथा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर राजनीतिक कसरत चलिरहेको छ। यहीबीच संसदीय दलका नेता थपलियाविरुद्ध १८ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता हुनुलाई एमालेभित्र नेतृत्व पुनर्संरचनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : ५८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य