२७ श्रावण २०८३, बुधबार | August 12, 2026

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति



जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए । उनले दादुरा, मम्प्स र रुबेला (एमएमआर० विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याएका थिए ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ। केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएको छ । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताए ।

“खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ,” उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।

अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौँदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उनले बताए। उक्त प्रमाणले बालबालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उनको भनाइ छ ।

टेड्रोसका अनुसार बालबालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकैपटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ । विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोपसम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उनले बताए ।

खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उनले यसबाट बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिए ।

केनेडीले दशकौँदेखि प्रयोग हुँदै आएका खोपसहित विभिन्न खोपको व्यापक समीक्षा अघि बताएका छन् । उनले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गरेका छन् । यी कदमको अमेरिकी तथा अन्तरराष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ ।

यस वर्षको सुरुमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीतिसम्बन्धी परिवर्तन रोकिदिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ८ : ११ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको