६ श्रावण २०८३, बुधबार | July 22, 2026

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा



काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ ।

एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भोकमरीको अवस्था अन्त्य गरी खाद्य सुरक्षा कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढ अठोटका साथ अघि बढिरहेको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : २७ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न