१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

विश्वभर १५ करोड मानिस भोकमरीकाे चपेटामा



न्युयोर्क । कोभिड-१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ ।

प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन् । यो गत वर्षको तुलनामा ४ करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो ।

‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’ संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक डेभिड बिस्लेले भने ।

‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्य वृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ । यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वभाविक सामूहिक बसाइँसराइ हुनेछ । यो प्रकोप रोक्नको लागि हामीले आज काम गर्नुपर्छ’ उनले अगाडि भने ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ०८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै