७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पुर्वी नवलपरासीमा पीसीआर मेसिन आइपुग्यो, परीक्षण हुन अझै एक महिना लाग्ने



कावासाेती । पूर्वी नवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ ।

जिल्ला अस्पताल डण्डामा रहने गरी राखिने उक्त मेसिन शनिबार एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

तथापि जिल्लामै पीसीआर परीक्षण हुन भने अझै एक महिना बढी लाग्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले पीसीआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायतले गर्दा पीसीआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने बताए ।

संघीय  सांसद तिलक महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई उपकरण हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, विष्णु लामिछाने, जिल्ला समन्यव समिति नवलपुरका संयोजक चेसराम आले, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायतले बोलेका थिए ।

पीसीआर मेसिन सञ्चालनमा आएपछि नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउनुपर्ने बाध्यता  हट्ने छ ।

नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या १२९९ पुगेको छ ।जसमध्ये १० जनाको निधन भएको छ भने ८५० जना निको भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  २ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल