७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना सङ्क्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय सङ्क्रमित



काभ्रे । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दमको समस्याबाट पीडित उनलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उहाँको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए ।

५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ ।

५० वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभे्रपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् ।

जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २०५ पुगेको छ । तीमध्ये ४४६ महिला र ७५९ पुरुष रहेका छन् ।

कूल सक्रिय सङ्क्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कूल सक्रिय सङ्क्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना सङ्क्रमित छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम सङ्क्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन् ।

कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ । अहिलेसम्म २२८ महिला तथा ४२५ पुरुष गरी कूल ६५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १२४ जना अस्पतालको आइसोलेसनमा तथा १७३ महिला र २४३ पुरुष गरी कूल ४१६ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई