२९ भदौ २०८३, सोमबार | September 14, 2026

काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण



काभ्रेपलाञ्चोक । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो ।

“काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ” कार्यालयप्रमुख डा पुरुषोत्तम सेडाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ ।

जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : २३ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला