३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आज बडादशैँको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै



काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरिंदैछ ।

बडादशैँ अन्तरगत आज देवी दुर्गाका स्वरुपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्न लागिएको हो ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

कोरोना संक्रमण जोखिमका कारण मन्दिरहरु नखोल्ने सरकारी निर्देशन अनुसार अघिल्ला बर्षहरुमा जस्तो सार्वजनिक पुजा नभए पनि नियमित पुजा भने गरिनेछ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।

काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा नियमित पुजासंगै ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ५६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र