४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज बडादशैँको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै



काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरिंदैछ ।

बडादशैँ अन्तरगत आज देवी दुर्गाका स्वरुपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्न लागिएको हो ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

कोरोना संक्रमण जोखिमका कारण मन्दिरहरु नखोल्ने सरकारी निर्देशन अनुसार अघिल्ला बर्षहरुमा जस्तो सार्वजनिक पुजा नभए पनि नियमित पुजा भने गरिनेछ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।

काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा नियमित पुजासंगै ब्रम्हचारिणी भगवतीको पूजा गरिंदैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ५६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज