२४ असार २०८३, बुधबार | July 9, 2026

महेन्द्रनगरमा आधुनिक बधशाला सञ्चालन



कञ्चनपुर । भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ ।

पशुपक्षी निर्देशनालय र नगरपालिकाको ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ ।

कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाका लागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएका छन् ।

बधशाला सञ्चालनका लागि नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी सङ्घसँग सम्झौता गरेको छ । “मासुको कारोवारलाई व्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने, “नगरवासीलाई स्वच्छ, ताजा मासुको आपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको छ ।”

दुई दशकअघि बधशला निर्माणका लागि भवन निर्माण गरिएको भए पनि सञ्चालनमा भने आउन सकेको थिएन । पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टले बताए । “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उनले भने, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ । मासुको कारोवारसमेत व्यवस्थित भएको छ ।”

बधशालाको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्ट र नगरप्रमुख सुरेन्द्र विष्टले शनिबार उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ५३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको