२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

 उपमहानगले बधशाला बाहिर बध गर्न रोक लगाउँदै, व्यवसायीलाई अफरै अफर



बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित शहर बनिरहेको भन्दै बुटवल उपमहानगर भित्र उपमहानगरबाट शहरी क्षेत्रभित्र खसीबोका बध गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएपनि त्यसको प्रवावकारी कार्यान्वयन नहुँदा बटवलका बजारमा पशुबध रोकिन सकेको छैन ।

मानवबस्तीकैबीचमा बधशाला संचालन गरेर विभिन्न टोलहरु दुर्गन्धित बनेको पटक पटक गुनासो आएपछि उपमहानगरले शहरी क्षेत्रमा बधशाला संचालनमा प्रतिबन्ध लगाउने निर्णय भएको १ वर्ष बढी भएपनि त्यसको कार्यान्यन हुन सकेको छैन । उपमहानगरले करोडौं खर्च गरेर व्यवस्थित र स्वस्थकर बधशाला निर्माण गरेर संचालनमा ल्याएपनि मासु व्यवसायीहरु बधशालाबाट मासु लिन र नगर क्षेत्रमा मासु बध नगर्न इन्कार गरेपछि नगर क्षेत्रमा पशु बध माथिको प्रतिबन्धको निर्णय कार्यान्वयन नभएको हो ।

बुटवल उपमहानगरको पुरानो बसर्पाक नेपालगन्जरोड, भुड्कीचोक लगायतका स्थानमा मापदण्ड विपरित संचालनमा रहेका बधशालाहरुमा काटिएका मासु अस्वस्थकर मात्र नभएर बस्ती नै दुर्गन्धित हुने गरेका छन् । ती पसलहरुमा अनुगमनका क्रममा बरामद भएका मासुहरु पटक पटक अस्वस्थकर र कुहिएको अवस्थामा समेत फेला पर्ने गरेका छन् । गुणस्तर कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा पनि बुटवलमा अस्वस्थकर मासु बिक्रि भइरहेको रिपोर्ट समावेश छ ।

उपभोक्ताले नजिक र सहजताका नाममा वषौं देखि सडकपेटी, मुख्य राजमार्ग, खुला स्थान र न्युनतम मापदण्ड पूरा नगरी सञ्चालित मासु पसलको मासु उपभोग गर्न बाध्य हुँदै आएका छन् । बुटवल उपमहानगरले त्यस्तो निकायहरुलाई पटक पटक बधशालाको मासु बिक्रिवितरण गर्न र प्रयोग गर्न आह्वान गरेपनि मासु व्यवसायीहरुले उपमहानगरको आह्वानलाई बेवास्ता गर्दै आएका छन् । उपमहानगरले अस्वस्तकर मासु बेच्नेहरुलाई पटक पटक कारवाही समेत गर्दै आएको छ ।

 

कानुनी आधार पुरा गरेर टेण्डर प्रक्रियामा जाँदा केही समस्या देखिएको स्वीकार गर्दै उपमहानगरले अभिभावकीय भूमिका खेल्दै व्यवसायी र बधशाला संचालनमा सहजिकरण गरिरहेको बुटवल उपमहानगरकी उपप्रमुख साबित्रादेबी अर्यालले बताइन् । उनले व्यवसायीहरुले खाईपाई आएको सुबिधामा कटौती नहुनेगरि बधशालालाई पूर्ण क्षमतामा संचालन गरिने उल्लेख गरिन् । उनले बधशाला संचालन कार्यबिधिबाट व्यवसायीको व्यवसायमा कुनै असर नपर्ने स्पष्ट पार्दै उपमहानगरको बिधिमा सबै आउनु पर्ने बताइन् ।

गत वर्ष उपमहानगरले लगाएको ठेक्काबाट बधशाला संचालनको जिम्मा मुक्तिनाथ लाइर्भ स्टक बैंकले पाएको छ । सो कम्पनीले हाल कटिङ गरेको खसी बोकाको आन्द्राभुँडी बाहेकको मुल्य प्रतिकिलो ९ सय र सबै उठाउँदा ८ सय २० रुपैयाँ तोकेको छ । सुरुमा ब्यवसायीहरुले ल्याएको खसी बोका बध गरिदिने र बध गरेको शुल्कमात्र कम्पनीले लिने भनिएपनि व्यवसायीहरुकै माग अनुसार कम्पनीले नै खसी बोका खरिद गरि बध गरेर व्यवसायीहरुको पसलमा नै पु¥याउने गरिएको कम्पनीका कार्यकारी प्रमुख उमेश आचार्यले बताए ।

उता बुटवलका मासु व्यवसायीहरु भने बधशालाबाट मासुको कारोबार नगरेर अर्को बधशाला निर्माणको तयारीमा लागेका छन् । उनीहरुले उपमहानगरले आफुले दिएको आश्वासन अनुसार कार्यान्वयन नगरेको भन्दै अर्को बधशाला खोल्ने तयारी गरेका हुन् । मासु ब्यवसायी संघ बुटवलका अध्यक्ष बिशाल थापाले मासु व्यवसायी र पशुपालक किशानहरुलाई बधशालाको हिस्सा दिने गरि व्यवसायीले उठाएको रकमको सदुपयोग गर्न पनि बधशाला संचालनको बिकल्प नरहेको बताए । उनले बधशालाको साझेदारीकै लागि २ करोड २० लाख उठाएर कम्पनी बनाएको जनाउँदै उपमहानगरले आश्वासन विपरित बाहिरको कम्पनीलाई बधशाला संचालान गर्न दिएको आरोप लगाए ।

बुटवल उपमहानगरले भने व्यवसायीहरुलाई उपमहानगरले बनाएको कार्यबधिमा आउन आग्रह गर्दै मासु पसल सुधारमा आर्थिक अनुदान देखि मासु व्यवसायीका सन्तानको छात्रबृत्ती, बधशालाको मासु प्रयोग गर्ने व्यवसायीलाई २५ प्रतिशत सम्मको राजश्वमा छुट तथा मासु व्यवसायीको मुनाफाको सुनिश्चितता सम्मको योजना सार्वजनिक गरेको छ । बुटवल उपमहानगरमा भएको व्यवसायीहरुको भेलामा उपमहानगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरको योजना सुनाएका हुन् ।

उपमहानगरको योजनामा व्यवसायीहरु सकारात्मक रहेको बताउँदै मासु व्यवसायी संघका अध्यक्षले सबै व्यवसायीसँग छलफल गरेर निर्णय गरिने बताए । उनले उपमहानगरले निती बनाउँदा व्यवसायीसँगै पशुपालक किसानलाई पनि राहत पुग्नेगरि बनाउन सुझाव दिए ।

बुटवलमा हरेकदिन २ सय बढी खसीबोका बध हुने गरेको तथ्यांक उपमहानगरसँग रहेपनि बधशालामा प्रतिक दिन ३ देखि ५ वटा खसीबोकामात्र बध हुने गरेको छ ।

बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पनि पारित गरिसकेको छ । विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु विक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।

बुटवल उपमहानगरपालिका १० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ । बधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इटरनेशनल सहितको लगानी छ ।

दैनिक एक हजार खसीबोका बध गर्न मिल्नेगरी बधशाला बनाइएको छ भने त्यहाँ बाख्राको चरण, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण छन् । बधशालाबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिने लक्ष्य रहेको छ भने, पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने योजना छ ।

बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौताअनुसार बधशाला निर्माणपश्चात् उपमहानगरले कार्यबिधि बनाएर संचालन गर्ने उल्लेख छ । रुपन्देहीमा खपत हुने बाहेकका मासु विभिन्न जिल्लामा लगेर विक्री गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ३० बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको