४ पुस २०८२, शुक्रबार | December 20, 2025

२,९४२ नयाँ संक्रमित थपिए २,३२६ जना संक्रमण मुक्त



काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ९४२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८७५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

आइतबार ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवत्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।

२४ घण्टाभित्र २ हजार ३२६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमण दरको ६९ दशमलव ७ प्रतिशत हो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको