१८ माघ २०८२, आइतबार | February 1, 2026

लुम्बिनी प्रदेशका जनप्रतिनिधिको दाबी, – दशैं खर्च लिएका छैनौं



बुटवल । जनप्रतिनिधिहरुले दशैं खर्च बुझेको समाचारले चर्चा पाएपछि लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख ,उपसभामुख सहित जनप्रतिनिधिहरुले चाडपर्व खर्च नलिएको स्पष्ट पारेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज विज्ञप्ती प्रकाशित गर्दै लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरु सहित मन्त्री र मुख्यमन्त्रीले चाडपर्वका नाममा कुनै पनि भत्ता वा खर्च नबुझेको दाबी गरेका छन् ।

केसीले विज्ञप्तीमा प्रदेश सरकारले मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार पारेको उल्लेख गरेका छन् । उनले प्रदेशसभाबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका टुंगो लगाएपछि प्रदेश सरकार प्रदेशलाई संस्थागत गर्ने नयाँ विन्दुमा पुगेको समेत बताएका छन् ।

विज्ञप्तीमा जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा सर्बत्र चर्चा हुन थालेको उल्लेख गर्दै लेखिएको छ, ‘ लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन् । त्यस अनुसार माननीय मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैं खर्च) नलिएको पत्रकार सहित सबैलाई जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : २५ बजे

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर