६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

नारायणगढ-बुटवल सडक विस्तार सुस्त



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारले गति लिन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरू भएको विस्तारको काम साढे १ वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन ।

नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको छ ।

दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १ दशमलव ४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए ।

यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उनले बताए ।

‘हामीले सडकको उत्तरतर्फको रूख कटानको अनुमति पाएपछि धेरै रूख काटिसकेका छौं,’ सूचना अधिकारी आचार्यले भने, ‘बाटोदेखि दक्षिणतर्फको रूखहरू मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले काट्न पाएका थिएनौं । केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट रूख काट्न स्वीकृति दिने निर्णय भएर आएको छ ।’

मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न शुरू गरिएको उनले बताए । सो सडकमा सानाठूला गरी ३३ हजार ८९२ रूख काट्न स्वीकृत पाएको भन्दै उनले ६ हजार ४७८ ओटा रूख काट्ने काम सकिएको बताए ।

गैंडाकोटदेखि कावासोतीको जंगलसम्म धेरै रूख काटेर सकिएको उनले बताए । ‘अब हामीले डण्डाबाट पश्चिमतर्फ रूख काट्न शुरू गरेका छौं, रूख काटेर सक्नेबित्तिकै बाटो फराकिलो बनाउने काम शुरू हुन्छ ।’ सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ ।

यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : २३ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा