१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप



बुटवल । नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो ।

थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले थपिएको अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने आयोजनाले सामाजिक सञ्जाल मार्फत दाबी गरेको छ ।

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तीनपटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले काममा तदारुकता नदेखाउँदा अहिलेसम्म पनि आयोजना अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले १८ महिना समय थप गर्न माग गरेपनि उक्त सडक निर्माणको प्रगति सुपरिवेक्षण गर्ने आयोजना निर्देशनालयले भने एक वर्षको मात्र म्याद थप गरेको हो ।

कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक अधिकांस स्थानमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यात्रा सहज भइसकेको आयोजनाले दाबी गरेको छ । कुल ११४.५३ किलोमिटर लामो सडकमध्ये एकतर्फी एक सय किलोमिटर कालोपत्रे भएको छ भने दुवैतर्फ ८० किलोमिटर कालोपत्रे सकिएको छ ।

स्तरोन्नतिअन्तर्गतको मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, चार सय ७४ वटा कल्भर्ट, १ सय ६.१७ किलोमिटर नाली निर्माण हुनेछ । त्यस्तै, ७० किलोमिटर ४ लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : ५३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति