३ आश्विन २०८३, शनिबार | September 19, 2026

बुटवलमा खस्यौली स्नोकर क्लबको शुभारम्भ



बुटवल । व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लब संचालनमा ल्याईएको छ ।

यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले संयुक्त रुपमा खस्यौली स्नोकर क्लबको शुभारम्भ गरेका हुन ।

युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लब संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताए । क्लबमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागुऔषधि प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गरे ।

त्यस्तै स्नोकर खेललाई व्यवसायीक बनाउन र यस खेलवाट नेपालको नाम परिचित गराउनका लागि प्रहरी प्रशासनले हेर्ने द्धष्टिकोणमा अझै परिवर्तन जरुरी रहेको पनि सो अवसरमा वोल्नेहरुले औल्याएका थिए ।

पुन सहित, गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लागतमा बुटवलको सिंह कम्पेलसको चौथो तलामा संचालनमा ल्याईएको क्लबले यस क्षेत्रमै पहिलो र नमूना योग्य कोर्ट बनाएको कार्यक्रममा बोल्नेहरुले धारणा राखेका थिए ।

६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लब यस क्षेत्रको २९ औ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ४० बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत