२१ भदौ २०८३, आइतबार | September 7, 2026

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी आइपुग्दै



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ ।

सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो ।

सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।

यदि सरकारले हामीले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । उनले भने, ‘पहिलो लटको चिनी बुधबार नेपाल आइपुग्छ । दोस्रोलट भने विजया दशमीसम्म आइपुग्नेछ ।

दसैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई÷चार दिन आउने छैन नत्र भने अब सरकारले साल्ट टे«डिङलाई आयात गर्न दिएको अनुमतिअनुसार चिनी निरन्तर आयात हुनेछ । विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं ।

२५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने झाको भनाइ छ ।

अहिले खुद्रा बजारबाट प्रतिकेजी चिनी उपभोक्ताले ८५ रुपैयाँदेखि ९५ रुपैयाँ तिरी रहेका छन् । तर, साल्ट ट्रेडिङ बजारमा मूल्यभन्दा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म सस्तो बिक्री गरिरहेको छ ।

साल्ट ट्रेडिङले बजारको मूल्यभन्दा हरेक खाद्यवस्तु सस्तो र गुणस्तरीय बिक्रीवितरण गर्दै आएको झाले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त