१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

भव्य बन्यो रानीपोखरी, सर्वसाधारणका लागि कहिले खुल्छ ?



काठमाडौं । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ ।

केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ ।

यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधबार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार सोमबार र मङ्गलबार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ ।

रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्गरोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलबारदेखि सुरक्षाकर्मी तैनाथ हुनेगरी व्यवस्थापन गरिएको छ । झण्डै एक सय कामदारको समूहले रानीपोखरीलाई थप चम्काउने काम मङ्गलबार साँझसम्म भ्याउनेछन् ।

गतवर्षको भदौ अघिसम्म भने भक्तपुरबाट आएका सम्पदा निर्माण गर्ने महिला सहितको टोलीले प्रारम्भिक चरणको काम सकेका थिए । पोखरीका डिलमा बनेका प्राचीन इँटामा रङ्गरोगन र टालटुल गर्न व्यस्त राम श्रेष्ठले चिल्ला, आकर्षक डिलसँगै पर्खालको काम गरिरहेको बताए ।

पहिले आउँदा काम कताबाट सुरु गर्ने जस्तो लागेको थियो, अहिले देख्दा मनै फुरुङ्ग हुन्छ, उनिले सुनाए । राजा प्रताप मल्लका पालामा बनेको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर र आसपासका संरचना त्यही समयको ढाँचामा निर्माण गरिएको हो ।

९० सालको भूकम्पमा भत्किएपछि फरक शैलीको मन्दिर बनेको थियो । २०७२ सालको भूकम्पले गर्दा रानीपोखरी भग्नावशेषमा परिणत भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : २३ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको