१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण



काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी आज कामपालाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ बाँकी छ । उक्त काम भने शहरी विकास मन्त्रालयले गर्नेछ ।

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनःनिर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको बताए ।

पुनःनिर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्तिको हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दाहित्व भएको बताइन ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन ।

रानीपोखरी पुनःनिर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि शुरु भएको थियो । प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनःनिर्माण गर्ने काम चुनौतिपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनःनिर्माणका लागि उपभोक्ता समितिमार्फत रु आठ करोड १५ लाख र पहिलो चरणअन्तरगत नै सौन्दय अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनःनिर्माणलगायतका लागि रु १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा कामपाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५०मा सम्पन्न भएको थियो । नेसं ७९० ९विसं १७२७/ईसं १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : ०५ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना