२ पुस २०८२, बुधबार | December 18, 2025

क्याथे प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती



हङकङ । हङकङको विमान कम्पनी क्याथे प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् ।

त्यसबाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो ।

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ५५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल