३० असार २०८३, मंगलबार | July 15, 2026

आज बडादशैँको छैटौं दिन, कात्यायनी भगवतीको पूजा गरिंदै



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको आज छैटौं दिन । आज माता कात्यायनी भगवतीको पूजा गरिंदैछ ।

कात्यायनी भगवतीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा जन्म भएकी थिइन् । उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

राजर्षी जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको शारीरिक वर्ण सुन्तला रङको रहेको धर्मशास्त्रमा वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छिन् । उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनीलाई माता पार्वतीको सौर्य अवतार पनि मानिन्छ । अघिल्ला बर्षहरुमा देवी कात्यायनीको पूजाआराधनाका लागि मन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तजनहरुको भिड लाग्ने गथ्र्यो ।

तर यस पटक कोरोना संक्रमण जोखिमका कारण सरकारले मन्दिर तथा शक्तिपीठहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ३६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित