७ आश्विन २०८३, बुधबार | September 23, 2026

बिहीबार थपिए ३६३७ नयाँ संक्रमित, १ लाख बढी संक्रमण मुक्त



काठमाडौं । मध्य दशैंमा परिवार सँगै बसेर रमाउने बेलामा दैनिक कोरोना संक्रमितको समाचार सार्वजनिक भैरहेको छ ।

विश्वव्यापी महामारीले नेपाललाई समेत नराम्रोसँग प्रभावित बनाएपछि यसपटकको दशैं धेरै नेपाली नागरिकका लागि खल्लो हुने भएको छ । दैनिक हजारौंको संख्यामा कोरोनाका संक्रमित थपिँदै जाँदा संक्रमण नभएकाहरुमा समेत सुरक्षित बन्नका लागि बाहिरी आउजाउलाई रोक्नुपर्ने बाध्यता आइलागेको छ ।

बिहीबार कोरोना भाइरसका ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।
१५ हजार २२५ पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५१९ पुगेको छ ।

बिहीबार सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा जना बसेका छन् ।

सक्रिय संक्रमितहरु बढ्दै जाँदा उपचारको चाप थेगिनसक्नु भएको छ । अस्पतालहरुमा उपचार सेवा नपाउने भएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ ।

बिहीबार देशभरबाट ३ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । यसँगै संक्रमण मुक्त हुनेको संख्या पनि १ लाख नाघेको छ । अर्थात, बिहीबारसम्म १ लाख २ हजार ८२० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमण संख्याको ६९.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई