३० माघ २०८१, बुधबार | February 12, 2025

बिहीबार थपिए ३६३७ नयाँ संक्रमित, १ लाख बढी संक्रमण मुक्त



काठमाडौं । मध्य दशैंमा परिवार सँगै बसेर रमाउने बेलामा दैनिक कोरोना संक्रमितको समाचार सार्वजनिक भैरहेको छ ।

विश्वव्यापी महामारीले नेपाललाई समेत नराम्रोसँग प्रभावित बनाएपछि यसपटकको दशैं धेरै नेपाली नागरिकका लागि खल्लो हुने भएको छ । दैनिक हजारौंको संख्यामा कोरोनाका संक्रमित थपिँदै जाँदा संक्रमण नभएकाहरुमा समेत सुरक्षित बन्नका लागि बाहिरी आउजाउलाई रोक्नुपर्ने बाध्यता आइलागेको छ ।

बिहीबार कोरोना भाइरसका ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।
१५ हजार २२५ पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५१९ पुगेको छ ।

बिहीबार सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा जना बसेका छन् ।

सक्रिय संक्रमितहरु बढ्दै जाँदा उपचारको चाप थेगिनसक्नु भएको छ । अस्पतालहरुमा उपचार सेवा नपाउने भएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ ।

बिहीबार देशभरबाट ३ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । यसँगै संक्रमण मुक्त हुनेको संख्या पनि १ लाख नाघेको छ । अर्थात, बिहीबारसम्म १ लाख २ हजार ८२० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमण संख्याको ६९.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : २७ बजे

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको

‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत्