४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक



अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ ।

सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभुषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्, ‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ, वास्तबमै मज्जा आयो ।’

यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । २ दिन लगाएर खिचिएको गीतको भिडियोमा पुजा र सन्तोषको केमेस्ट्रि निकै सुहाएको छ ।

नायक सन्तोष विक्रम भन्छन्, ‘दर्शकले पहिलोपटक यो किसिमको गीत हेरेको हुनुपर्छ । गीत र भिडियो निर्माणमा निकै मिहेनत गरेकाले पनि दर्शकले सहर्ष स्विकार्नेमा म विश्वस्त छु ।’

गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । यसअघि उनले कुनै पनि गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’

निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ५९ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ