५ चैत्र २०८२, बिहिबार | March 20, 2026

‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक



अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ ।

सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभुषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्, ‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ, वास्तबमै मज्जा आयो ।’

यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । २ दिन लगाएर खिचिएको गीतको भिडियोमा पुजा र सन्तोषको केमेस्ट्रि निकै सुहाएको छ ।

नायक सन्तोष विक्रम भन्छन्, ‘दर्शकले पहिलोपटक यो किसिमको गीत हेरेको हुनुपर्छ । गीत र भिडियो निर्माणमा निकै मिहेनत गरेकाले पनि दर्शकले सहर्ष स्विकार्नेमा म विश्वस्त छु ।’

गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । यसअघि उनले कुनै पनि गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’

निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ५९ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको