११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

बडादशैँ फुटसलको उपाधि ईमालाई



बुटवल । बडादशैँको अवसरमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि ईमा एफसी बुटवलले चुमेको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राधाकृष्ण फुटबल क्लबको आयोजनामा शनिबार योगिकुटी स्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनलमा आरके एफसीलाई ट्राईबेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै ईमाले उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद २० हजार कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरके एफसीले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आरके एफसीका अनुज गैरे ९ गोल गर्दै हाई स्कोररबाट पुरस्कृत भए । आरके एफसीकै आवेस शाही राईजिङ स्टार, ईमा एफसीका हिमाल कार्की उत्कृष्ट गोलकिपर तथा ईमाकै दिपु बानिया सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा विद्यागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेल गतिविधिबाट नै खेलाडीहरु अवसर पाउने बताए । क्लबका अध्यक्ष यम बरालले स्वस्थ्य मापदण्ड अप्नाएर पहिलो फुटसल प्रतियोगिता गरेको बताए ।

कार्यक्रममा तिलोत्तमा खेलकुद विकास समितिका सुदिप केसी, पुर्व खेलाडीहरु प्रदिप आचार्य, मणिमुकुन्द भलिबल क्लबका संरक्षण सुरेन्द्र गुरुङ, क्लबका सल्लाहकार श्याम थापा, सुमित खनालले कोरोना संक्रमणलाई मानविय जिवनमा अप्नाएर अघि बढ्नुपर्ने बताए ।

प्रतियोगितामा २४ टिम सहभागी रहेको संयोजक सर्वेस घलेले बताए । न्यु भिजनले युनिक फुटसललाई ट्राईबेकर भने आरकेएफसीले ग्रिलफिल्ड फुटसललाई पराजित गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ५० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान