२० आश्विन २०८३, मंगलबार | October 7, 2026

बडादशैँ फुटसलको उपाधि ईमालाई



बुटवल । बडादशैँको अवसरमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि ईमा एफसी बुटवलले चुमेको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राधाकृष्ण फुटबल क्लबको आयोजनामा शनिबार योगिकुटी स्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनलमा आरके एफसीलाई ट्राईबेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै ईमाले उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद २० हजार कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरके एफसीले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आरके एफसीका अनुज गैरे ९ गोल गर्दै हाई स्कोररबाट पुरस्कृत भए । आरके एफसीकै आवेस शाही राईजिङ स्टार, ईमा एफसीका हिमाल कार्की उत्कृष्ट गोलकिपर तथा ईमाकै दिपु बानिया सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा विद्यागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेल गतिविधिबाट नै खेलाडीहरु अवसर पाउने बताए । क्लबका अध्यक्ष यम बरालले स्वस्थ्य मापदण्ड अप्नाएर पहिलो फुटसल प्रतियोगिता गरेको बताए ।

कार्यक्रममा तिलोत्तमा खेलकुद विकास समितिका सुदिप केसी, पुर्व खेलाडीहरु प्रदिप आचार्य, मणिमुकुन्द भलिबल क्लबका संरक्षण सुरेन्द्र गुरुङ, क्लबका सल्लाहकार श्याम थापा, सुमित खनालले कोरोना संक्रमणलाई मानविय जिवनमा अप्नाएर अघि बढ्नुपर्ने बताए ।

प्रतियोगितामा २४ टिम सहभागी रहेको संयोजक सर्वेस घलेले बताए । न्यु भिजनले युनिक फुटसललाई ट्राईबेकर भने आरकेएफसीले ग्रिलफिल्ड फुटसललाई पराजित गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ५० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते