८ मंसिर २०८३, मंगलबार | November 24, 2026

जुम्लामा मार्सीधान पाक्न थाल्यो



जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् ।

पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ ।

मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ । कार्यक्रमअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली विकास र संरक्षणका लागि प्रदेशको कृषि मन्त्रालयबाट रु ८ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबाट मार्सीधान ब्लक विकास कार्यक्रमका लागि रु ८ लाख प्राप्त भएको छ । जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेतीहुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्री वितरण गरिएको थियो । सोबाट रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कार्यालयले जनाएको छ । कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : १८ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र