१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आईपीएल २०२० : हैदराबादद्वारा दिल्लीमाथि ८८ रनको शानदार जित



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो ।

प्लेअफमा पुग्नलाई जित्नै पर्ने दवामा रहेको हैदराबादले दिल्लीमाथि जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ भने दिल्लीले अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

२ सय २० रनको विशाल लक्ष्य पच्छाएको दिल्लीले १ सय ३१ रन मात्र बनाउँन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएका दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन, अजिङ्क्य रहानेले २६ र शिम्रोन हिटमेयरले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

पहिलाे ओभरको तेस्रो बलमा शिखर धवनलाई शून्य रनमा गुमाएको दिल्लीले दोस्रो ओभरको अन्तिम बलमा मर्कूस स्टोइनिसलाई व्यक्तिगत पाँच रनमा विकेटको रुपमा गुमाए । यस्तै, तेस्रो विकेटका लागि रहानेसँग ४० रनको साझेदारी गरेका शिम्रो हिटमेयर पनि १६ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए ।

राशिद खानको सोही ओभरमा रहाने पनि एलबिडब्यु धरापमा परे । उनले आउट हुनअघि एक छक्का र ३ चौकाको मद्धतमा २६ रन बनाएका थिए । यसैगरी, दिल्लीको स्कोर ७८ रन हुँदा आधा खेलाडी आउट भइसकेका थिए । दिल्लीका कप्तान श्रेयास आयर ७ रनमा आउट भए । त्यसको लगात्तैकाे ओभरमा राशिद खानकै बलमा अक्षर पटेल १ रनमा प्रियम गार्गको हातबाट क्याच आउट भए ।

यस्तै, कगिसो रबडा ३, रविचन्द्रन अश्विन ७ तथा तुशार देशपाण्डे २० रनमा नटआउट रहे । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा हैदराबादका राशिद खानले ३, सन्दीप शर्मा र टी नटराजनले समान २-२ विकेट तथा शाहबाज नदीम, विजय शंकर तथा ज्यासन हाेल्डरले एक-एक विकेट लिए ।

आजकाे खेलमा ४ ओभरमा ७ रन दिएर तीन विकेट लिएका राशिद खानले दिल्लीविरुद्धकाे दुई खेलमा ६ विकेट लिएका छन् । उनले पहिलो चरणको खेलमा चार ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

राम्रो शुरुवात गरेको हैदराबादले पहिलो विकेटका लागि ऋद्धिमान साह र डेविड वार्नरले १ सय ७ रनको शतकीय साझेदारी गरेका थिए । साहले ४५ बलमा २ छक्का र १२ चौकाको मद्धतमा ८७ तथा वार्नरले ३४ बलमा २ छक्का र ८ चौकासहित ६६ रन बनाए ।

यसैगरी, मनिष पाण्डे र केन विलियम्सनले नटआउट ४४ तथा ११ रनको योगदान दिए । दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्रन अश्विनले समान एक-एक विकेट लिए । प्लेअफमा पुग्नका लागि संघर्ष गरिरहेकाे हैदराबादले दिल्लीमाथि ८८ रनकाे जितसँगै १२ खेलबाट १० अंकसहित तालिकाकाे छैटाैं स्थानमा उक्लिएकाे छ ।

समान १० अंक भएपनि राजस्थान राेयल्स रनरेटकाे आधारमा हैदराबादभन्दा पछि परेकाे हाे । पराजित दिल्ली भने प्लेअफमा पुग्नलाई अर्काे खेलसम्म पर्खनु पर्ने भएकाे छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : २९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर