३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : बेङ्गलोरमाथि मुम्बइको सहज जित, मुम्बइ प्ले अफ नजिक



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा मुम्बइ इन्डियन्स विजयी भएको छ ।

जितसँगै मुम्बइ आइपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा मुम्बइले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ५ विकेटले पराजित गर्याे ।

१ सय ६५ रनकाे मध्यम लक्ष्य पाएकाे मुम्बइले पाँच बल बाँकी रहँदा ५ विकेटकाे क्षतिमा पुरा गर्याे । मुम्बइकाे जितमा सूर्यकुमार यादवले खेल जिताउ पारी खेले । यादवले ४३ बलमा ३ छक्का र १० चाैककाे मद्धतमा नटआउट ७९ रन बनाए । यसैगरी, इशान किशनले २५, क्वुइन्टन डि काेकले १८, हार्दिक पाण्ड्याले १७ तथा क्रुणाल पाण्ड्याले १० रनकाे याेगदान दिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलोरले निर्धारित २० ओभरमा १ सय ६४ रन बनाएको थियो ।

पारीलाई राम्रो सुरुवात गरेका जोस फिलिप र देवदत्त पडिक्कले मिलेर ७१ रनको साझेदारी गरेका थिए । पडिक्कलले सर्वाधिक ७४ रन तथा फिलिपले ३३ रनको पारी खेले । यस्तै, एबी डि भिलियर्सले १५, गुरकिरत सिंह मानले १४ तथा वासिङ्टन सुन्दरले १० रन जोड्दा विराट कोहलीले ९ रन बनाए । मुम्बइका जसप्रीत बुम्राहले ३, किरोन पोलार्ड, ट्रेन्ट बोल्ट र राहुल चाहरले समान एक-एक विकेट लिए ।

मुम्बइ र बेङ्गलाेरबीचकाे खेल सकिएसँगै आइपिएलमा १२औं संस्करणकाे खेल समाप्त भएकाे छ । १२ चरणकाे खेलमा सकिँदा ८ खेलमा जित र ४ मा हारसहित १६ अंक जाेडेकाे मुम्बइ प्लेअफमा पुग्ने पहिलाे टाेली बनेकाे छ । यस्तै, बेङ्गलाेर र दिल्ली क्यापिटल्सकाे समान १४ अंक भएपनि रनरेटका आधारमा बेङ्गलाेर दाेस्राे र दिल्ली तेस्राे स्थानमा रहेका छन् ।

यसैगरी, प्लेअफका लागि संघर्ष गरिरहेकाे पञ्जाब, काेलकाता, हैदराबाद र राजस्थान क्रमश चाैथाे, पाँचाैं, छैटाैं र साताैं स्थानमा रहेका छन् भने प्लेअफबाट बाहिरिसकेकाे चेन्नइ पुछारमा रहेकाे छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ६ : ३० बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२