५ पुस २०८२, शनिबार | December 20, 2025

गण्डकी प्रदेशमा कोरोना संक्रमित ७ हजार नजिक, मृत्यु हुनेको संख्या ७१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या झण्डै सात हजारको नजिक पुगेको हो ।

आज थपिएका मध्ये गोरखाका २५ जना रहेका छन् । म्याग्दीका ५ जना, कास्कीका ३ जना र पर्वतका २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार थपिएका नयाँ संक्रमितहरु सबै कन्ट्याक्ट ट्रेसिङको आधारमा थपिएका हुन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ३६ वर्षीय एक महिलाको कोरोना संक्रमणकै कारण गएराति मृत्यु भएको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ११ : ५० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने