३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : चेन्नईसँग कोलकाता पराजित, प्ले अफ पुग्न कठिन



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएकाे छ । बिहीबार राति सम्पन्न खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेकाे हाे । चेन्नइसँग पराजित भएसँगै काेलकाताकाे प्लेअफमा पुग्ने सम्भावना कमजाेर बनेकाे छ ।

१ सय ७३ रनकाे लक्ष्य पछ्याएकाे चेन्नइले अन्तिम बलमा पुरा गर्याे । चेन्नइकाे जितमा रितुराज गयाकवाड नायक बने । उनले ५३ बलमा २ छक्का र ६ चाैकाकाे मद्तमा ७२ रन जाेड्दै टाेलीकाे स्काेर १ सय ४० रनसम्म पुर्याए । यस्तै, अम्बाती रायुडुले ३८ तथा सेन वाट्सनले १४ रन बनाए भने रविन्द्र जडेजा र साम कुरानले अटआउट ३१ र १३ रनकाे याेगदान दिए ।

जितका लागि १२ बलमा ३० रन चाँहिएकाे अवस्थामा रविन्द्र जडेजाले १९औं ओभरकाे चाैथाे, पाँचाै र छैटाैं बलमा ४,६ र ४ रन प्रहार गर्दै जित नजिक ल्याइ पुर्याए । यस्तै अन्तिम ओभरकाे दाेस्राे साम करनले एक रन २ तथा तेस्राे बलमा एक रन लिँदै जडेजलाई स्ट्राइक दिए । जडेजाले चाैथाे बललाई खेल्न सकेन भने पाँचाैं बलमा छक्का हिर्काउँदै स्काेर बराबरीमा ल्याए । यस्तै अन्तिम बलमा पुनः छक्का प्रहार गरेपछि ६ विकेटकाे सहज जित हासिल गर्याे ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश राना र शुभमन गिलले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गरे । रानाले ६१ बदमा ४ छक्का र १० चौकाको मद्धतमा सर्वाधिक ८७ रन बनाए ।

यसैगरी, शुभमन गिलले २६, राहुल त्रिपाठीले नटआउट २१ ,कप्तान इयान मोर्गानले १५, रिन्कु सिंहले ११ तथा सुनिल नारायनले ७ रन जोडे ।

चेन्नइसँग पराजित भएकाे काेलकाताकाे प्लेअफमा पुग्ने सम्भावना न्यून बनेकाे छ । यदि काेलकाताले अन्तिम खेलमा राजस्थान राेयल्सलाई पराजित गरेमा पनि बाँकि टाेलीकाे नतिजालाई कुर्नुपर्ने हुन्छ ।

१३ खेलबाट १२ अंक जाेडेकाे काेलकाता पाँचाैं स्थानमा यथावत रहेकाे छ भने पुछारमा रहेकाे चेन्नइकाे पनि १० अंक भएकाे छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : १५ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२